मुख्य समाचार
जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान | ५ नं. वडा कार्यालयको आयोजनामा दोस्रो अन्तर वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता सञ्चालन हुने | रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै |
मुख्य समाचार
जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान | ५ नं. वडा कार्यालयको आयोजनामा दोस्रो अन्तर वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता सञ्चालन हुने | रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै |


जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ

Samachar Rekhanews 134+ समाचार ( )
२४ भाद्र २०८३, बुधवार

बुटवल । क्यालेन्डरको पानामात्र होइन, क्यालेन्डर नै फेरियो । काठमाडौँका सडकमा मानिसहरू फेरि आफ्नै दैनिकीमा फर्किए, तर जेनजी आन्दोलनमा सहिद भएकाको परिवारमा भने निरन्तर उही पीडा छ ।


गत वर्ष भदौ २३ मा भएको जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका तीन युवाले ज्यान गुमाए । सुशासनको माग गर्दै सडकमा उत्रिएका १९ वर्षीय माधव (निर्मल) सारु मगर, १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठका लागि त्यो दिन जीवनको अन्तिम दिन बन्यो ।


अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४, फलामखिलीका माधव (निर्मल) कीर्तिपुरमा बसेर पढ्दै थिए । पढाइ पूरा गरेर भविष्य बनाउने सपना बोकेका उनी जेनजी आन्दोलनमा सहभागी भए । देशमा बढ्दो भ्रष्टाचार, बेथितिले उनको मन पनि कटक्क खाएको थियो । त्यसैले ती विकृतिविरुद्ध खबरदारी गर्न सडकमा उत्रिएका थिए ।


नेपालगन्ज उपमहानगरपालिका–१ का आयुष पनि आफ्नो भविष्यको अर्को ढोका खोल्ने तयारीमा थिए । विदेश जाने अन्तिम कागजपत्र मिलाउन उनी काठमाडौँमा थिए । परिवारले छोरालाई परदेश पठाउने तयारी गरिरहेको थियो ।


सुलभराज श्रेष्ठ इन्जिनियरिङका विद्यार्थी थिए । थप अध्ययनका लागि अमेरिका जाने तयारीमा रहेका उनका अगाडि पनि एउटा लामो बाटो थियो–पढाइ, करिअर, विदेश, परिवार र भविष्यका अनेक सपना ।


ती सबै सपना भदौ २३ गते काठमाडौँको सडकमा छरपस्ट भए ।


तीनै जना आन्दोलनमा सहभागी थिए । प्रहरीको गोली लागेर उनीहरूको जीवन त्यहीँ समाप्त भयो



त्यसपछि सुरु भयो परिवारका लागि अर्को पीडादायी यात्रा । माधवकी आमा मधु सारुले मन बुझाउनै सकेकी छैनन् । जेनजी आन्दोलनको एक वर्षको अवसरमा भदौ २३ गते सहिद परिवारले काठमाडौँमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुन उनी काठमाडौँ पुगेकी छन् । उक्त कार्यक्रममा आफूजस्तै सन्तान गुमाएकाहरू भेला हुने भएकाले एक अर्काको पीडा साटासाट गर्ने उद्देश्यले काठमाडौँ पुगेको उनले बताइन्


एक वर्ष अघि छोराको खबर बुझ्नका लागि काठमाडौँ आएकी मधु अहिले भने सहिद परिवारको सदस्यका रूपमा कार्यक्रममा सहभागी हुन काठमाडौँ पुगेकी हुन् ।



जेनजी आन्दोलनका क्रममा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजीका दुई युवाले ज्यान गुमाए । १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठ आन्दोलनका क्रममा काठमाडौँमै थिए । भदौ २३ गते प्रहरीको गोली लागेर उनीहरूको मृत्यु भएको थियो । श्रेष्ठको शव घटनालगत्तै पहिचान भए पनि थापाको शव भने नेपालगन्जबाट आफन्त काठमाडौँ पुगेपछि मात्रै पहिचान भएको थियो ।


नेपालगन्ज उपमहानगरपालिका–१ का थापा र श्रेष्ठको मृत्यु भएपछि वडा र उपमहानगरपालिकाले वडा कार्यालय परिसरमा उनीहरूको सम्मानस्वरुप ‘सहिद योग भवन’ निर्माण गरेको छ । त्यसैगरी खुला जिम हाउस निर्माण गरिएको छ भने आयुष र सुलभको अर्धकदको सालिकसमेत निर्माण गरिएको छ । उनीहरूको नाममा ‘सहिद गेट’ निर्माणको काम पनि भइरहेको छ ।



नेपालगन्ज उपमहानगरपालिका–१ का वडा अध्यक्ष प्रमोद रिजालका अनुसार सहिद परिवारका समस्या र माग सम्बोधन गर्न स्थानीय सरकार सकारात्मक छ । परिवारसँग निरन्तर संवाद गर्दै आवश्यक पहल भइरहेको उनले बताए ।



स्थानीय मूर्तिकारले निर्माण गरेको अर्धकदको सालिकप्रति परिवारले केही गुनासो गरेपछि त्यसलाई थप स्तरीय बनाउन काठमाडौँका मूर्तिकार बोलाउने तयारी भइरहेको रिजालले बताए । सहिद परिवारका अन्य माग र समस्या समाधानका लागि पनि वडा तथा उपमहानगरपालि



सहिद सुलभराज श्रेष्ठका बुवा नरेन्द्र श्रेष्ठले आफूले केही दिनअघि नेपालगन्जका मेयर प्रशान्त विष्टसँग स्थानीय पाठ्यक्रममा सहिदहरूको परिचय समेट्न आग्रह गरेको र नगरपालिकाले त्यसलाई तत्काल सम्बोधन गरेको  बताए ।


सुलभराज क्रिकेट खेलाडीसमेत रहेको उल्लेख गर्दै उनले छोराको योगदानको स्मरणका लागि नगरपालिकाले ‘सहिद रनिङ सिल्ड’ प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेकोमा खुसी व्यक्त गरे ।


सहिदको योगदानलाई स्थानीय तहबाटै सम्मान गर्दै नयाँ पुस्तासम्म परिचित गराउने प्रयास सकारात्मक रहेको श्रेष्ठको भनाइ छ ।


सहिद परिवारका माग के छन्  ?

जेनजी आन्दोलनमा आफ्ना सन्तान गुमाएका लुम्बिनी प्रदेशका सहिद परिवारले सरकारसँग विभिन्न माग राख्दै आएका छन् । उनीहरूका मागमा सहिदको सम्मान, परिवारका सदस्यलाई रोजगारी, सन्तानको शिक्षाको व्यवस्था तथा आन्दोलनका क्रममा मृत्यु हुने गरी गोली चलाउनेहरूमाथि कारबाही प्रमुख छन् ।

नेपालगन्ज–१, धम्बोजीका ४६ वर्षीय सुशील थापाका १९ वर्षीय छोरा आयुष आन्दोलनका क्रममा काठमाडौँमा मारिएका थिए । परिवारका एक्ला छोरा आयुष फ्रान्स जाने अन्तिम तयारीमा थिए । परिवारको आर्थिक अवस्था सुधार्ने योजनामा रहेका उनको मृत्यु भएपछि परिवार विक्षिप्त अवस्थामा पुगेको छ ।

आयुषका बुवा सुशील अहिले आफन्त बिरामी भएपछि उपचारका लागि काठमाडौँ पुगेका छन् । त्यही क्रममा जेनजी सहिद परिवारले आयोजना गर्ने कार्यक्रममा पनि उनी सहभागी हुँदैछन् ।

सरकारले सहिद परिवारका लागि एक सदस्यलाई रोजगारी दिने नीति ल्याए पनि आफ्नो परिवारले त्यसको लाभ लिन नसकेको उनले बताए । विद्युत् प्राधिकरणमा मिटर रिडिङको रोजगारीको अवसर आए पनि आफू वा परिवारका कुनै सदस्यले जागिर नगरेको उनको भनाइ छ ।

सुशीलका अनुसार सरकारले पछिल्लो समय सुशासनका क्षेत्रमा केही सकारात्मक काम गरिरहेको छ, तर आन्दोलनका क्रममा निर्दोष युवाको ज्यान जाने गरी गोली चलाउनेहरूमाथि कानुनी कारबाही नभएको उनको गुनासो छ । ‘मेरो छोरासहित निर्दोष युवाको हत्या गर्नेहरूमाथि कारबाही हुनुपर्छ,’ उनले भने ।

सुलभराजका बुवा नरेन्द्र श्रेष्ठले पनि जेनजी आन्दोलनको मुख्य माग सुशासन रहेको बताए । सरकारले सुशासनका क्षेत्रमा केही काम अघि बढाए पनि अझै धेरै गर्न बाँकी रहेको उनको भनाइ छ ।

सहिद परिवारको कार्यक्रममा सहभागी हुन काठमाडौँ पुगेका श्रेष्ठले सहिदका विषयमा प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रूपमा सम्बोधन गर्नुपर्ने मागसमेत राखे ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ का १९ वर्षीय माधव सारु मगर पनि जेनजी आन्दोलनका सहिद हुन् । उनका बुवा चन्द्रबहादुर सारु मगरका अनुसार निर्मल केही समय कतारमा काम गरेर फर्किएका थिए । उनी पुनः वैदेशिक रोजगारीमा जाने तयारीमा थिए ।

चन्द्रबहादुरले अर्घाखाँचीमा छोराको सालिक निर्माण गर्न माग गरेका छन् । काठमाडौँको पुरानो संसद् भवन अगाडि जेनजी सहिदका सालिक निर्माण गरिएको उल्लेख गर्दै उनले अर्घाखाँचीमा पनि निर्मलको सालिक बनाउनुपर्ने बताए ।

सरकारले उपलब्ध गराएको रोजगारीको अवसर अन्तर्गत उनकी श्रीमती मधु सारु मगरले रुपन्देहीको तिलोत्तमा–मणिग्राम क्षेत्रमा विद्युत् प्राधिकरणमा काम सुरु गरेको उनले बताए ।

उनका दुई छोराछोरीको शिक्षाको खर्च गोल्डेन ग्रुपले व्यहोरेको उनले बताए । उनका छोरी कक्षा ७ र छोरा कक्षा ५ मा बुटवलको स्कलर्स होम स्कुलमा अध्ययनरत छन् ।

चन्द्रबहादुरका अनुसार सरकारले सुरुवातमा उपलब्ध गराएको १५ लाख रुपैयाँ राहत तथा सहिद परिवारका लागि घोषणा गरिएको मासिक ७ हजार रुपैयाँ भत्ता उनले पाउँदै आएका छन् ।

अब ठुलो–ठुलो माग राख्नुभन्दा आफू पनि नियमित काममा फर्किने र सरकारले घोषणा गरेका राहत तथा पुनःस्थापनाका कार्यक्रमबाट लाभ लिने योजना रहेको उनले बताए ।

जेनजी आन्दोलनमा सन्तान गुमाएका परिवारका लागि अहिले मुख्य प्रश्न राहत र रोजगारीमा मात्रै सीमित छैन । उनीहरूले आफ्ना सन्तानको योगदानको सम्मान, घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीसँगै आगामी पुस्ताले सहिदको योगदान बुझ्ने वातावरण निर्माणको मागसमेत गर्दै आएका छन् ।

नेपालगन्जमा स्थानीय तहले थालेका स्मृति र सम्मानका कामले ती मागलाई स्थानीयस्तरबाट सम्बोधन गर्ने प्रयास भने सुरु भएको देखाएको हरुले बताए । समाचार साभार  रातोपाटी



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार