मुख्य समाचार
जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान | ५ नं. वडा कार्यालयको आयोजनामा दोस्रो अन्तर वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता सञ्चालन हुने | रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै |

नेपालगञ्ज उपमहानगरपालिका का सात वडा कार्यालय भवनविहीन

Samachar Rekhanews 134+ समाचार ( )
५ पौष २०८२, शनिबार

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका सातवटा वडा कार्यालयहरू अझै पनि आफ्नै भवन नहुँदा भाडाको घरबाट सेवा प्रवाह गर्न बाध्य छन्। उपमहानगरका वडा नम्बर ४, ५, ६, ७, ८, ९ र ११ ले लामो समयदेखि मासिक भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएका हुन्।

यस्तै वडा नम्बर १४ र २० सँग आफ्नै भवन भए पनि ती निकै जीर्ण अवस्थामा रहेका छन्। भवन अभावका कारण सेवाग्राही र कर्मचारी दुवैले सास्ती खेप्नुपरेपछि उपमहानगरपालिकाले अहिले व्यवस्थित भवन निर्माणको प्रक्रियालाई तीव्रता दिएको छ।

नगरप्रमुख प्रशान्त विष्टले आफ्नै भवन नभएका र जग्गा सुनिश्चित गरिसकेका वडाहरूमा भवन निर्माणका लागि बजेट व्यवस्थापन सुरु गरिएको बताएका छन्। उनका अनुसार हाल वडा नम्बर ६, ९, १४ र २० मा नयाँ कार्यालय भवन निर्माणको काम धमाधम भइरहेको छ।

यी भवन निर्माणका लागि उपमहानगरले प्रतिवडा २० लाख रुपैयाँका दरले बजेट समेत निकासा गरिसकेको छ। वडा नम्बर ९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरी आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिने लक्ष्य रहेको जानकारी दिएका छन्।

केही समयअघि भएको 'जेनजी' आन्दोलनका क्रममा उपमहानगरपालिकाको मुख्य प्रशासनिक भवनमै आगजनी भएपछि अहिले केन्द्रको सेवा प्रवाहमा समेत चुनौती थपिएको छ। क्षतिग्रस्त भवन मर्मत नहुँदासम्म अस्थायी संरचना बनाएर महाशाखाहरू सञ्चालन गरिएको प्रवक्ता प्रमोद रिजालले बताएका छन्। उपमहानगरले आफ्ना सबै वडाहरूलाई आफ्नै भवनमा सार्ने योजना बनाए पनि सहरी क्षेत्रमा जग्गा प्राप्तिको समस्या मुख्य चुनौतीका रूपमा देखिएको छ।रातो पाटीबाट साभार 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार